दुर्गा प्रसाईँ पक्राउ, साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान हुँदै
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् । प्रसाईँलाई सोमबार बिहान नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
प्रसाईँ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा जेनजी शहिद रसिक खतिवडाकी आमा रचना खतिवडाविरुद्ध बोलेको अभिव्यक्तिलाई लाई उनीविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको प्रहरीले जनाएको छ । प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रसार्इँले सांसद रचना खतिवडालाई ‘छोराको लाशमा टेकेर सांसद बनेको’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त विषयमा सांसद खतिवडाले प्रतिनिधि सभा बैठकमै आफूमाथि प्रसाईंको नाम नलिई आपत्ति जनाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?