काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २४ धापाखेलमा साढे दुई तलाको घर ढलेको छ । स्थानीय मन्जु कुमारी राईको घर आज विहान ढलेको हो ।
बिहानै पहिरो खसेपछि घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । अविरल वर्षाले जोखिम बढेपछि आइतबार नै घरधनीलाई घर खाली गर्न लगाइएकोले मानवीय क्षति भने नभएको ललितपुर प्रहरीले जनाएको छ ।
भिरालो सतहमा बनाइएको घर अविरल वर्षाका कारण जमिन गल्दा घर ढलेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?