काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ परेकाको साथबाट ४२२.५ ग्राम सुनसहित बरामद भएको प्रहरीले जानकारी दिएको छ । भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका भारत दिल्लीका करिब ४६ वर्षीय अस्लम शोकतलाई अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा अन्डरवेयरभित्र प्लास्टिकले बेरी लुकाइछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?