काठमाडौं । अविरल वर्षाका कारण गुल्मीको रेसुङ्गा विमानस्थल जाने देउराली–सिमीचौर पक्की सडक आइतबार बिहान भासिएको छ । लगातारको वर्षाले सडकको संरचना कमजोर बनाएपछि सडकको एक भाग भासिएको हो ।
सडक भासिएपछि रेसुङ्गा विमानस्थलतर्फ हुने आवागमन प्रभावित हुने अवस्था सिर्जना भएको छ । विमानस्थल जाने महत्वपूर्ण सडकखण्डमै क्षति पुगेपछि यात्रु तथा स्थानीयवासीलाई आवतजावतमा कठिनाइ हुनसक्ने देखिएको छ ।
लगातारको वषाले सडक आसपासको जमीनमा समेत चिस्यान बढेको छ । वर्षा नरोकिए सडकमा थप क्षति पुग्नसक्ने जोखिम रहेको छ ।
देउराली–सिमीचौर सडक रेसुङ्गा विमानस्थल पुग्ने प्रमुख मार्गमध्ये एक हो । यही सडक भासिएपछि वर्षायाममा पहाडी क्षेत्रमा सडक पूर्वाधारले सामना गर्नुपर्ने जोखिम पुनः सतहमा आएको छ ।
वर्षाले पहाडको बाटो भासिँदा केही क्षणमै सहज यात्राको मार्ग असहज बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?