काठमाडौं । लगातारको वर्षापछि सर्लाहीको मलङ्गवा नगरपालिका–२ स्थित नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रको सबस्टेशन डुबानमा परेको छ । पानीको निकास नहुँदा सबस्टेशनमा वर्षात्को पानी जमेर कन्ट्रोल प्यानलसमेत डुबेपछि आइतबार रातिदेखि यस क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुन पुगेको छ ।
कन्ट्रोल प्यानल डुबेपछि विद्युत् प्रवाह रोकिएको बताइएको छ । विद्युत् अवरुद्ध हुँदा मलङ्गवा क्षेत्रका सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ ।
अविरल वर्षाले बस्ती, सडक र सार्वजनिक संरचनामा असर पुर्याइरहेका बेला विद्युत् आपूर्तिको मुख्य संरचना नै पानीमा डुबेपछि मलङ्गवाको जनजीवन थप प्रभावित बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?