काठमाडौं । लगातारको वर्षासँगै शनिबार आएको हुरीले बाँकेका विभिन्न क्षेत्रमा पाक्न लागेको धानबाली ढलाएको छ । हुरीले खेतमै धान ढालेपछि किसानलाई उत्पादनमा क्षति हुने चिन्ता बढेको छ ।
डुडुवा गाउँपालिका–५ का किसान सुजन थापाको खेतमा पनि हुरीले धान ढालेको छ । लगातारको वर्षापछि आएको तीव्र हावाले खेतमा लहलहाउँदै गरेको धान भुइँमा लडेको हो ।
कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले हुरीका कारण धानबालीमा भएको क्षतिको पूर्ण विवरण संलन भइनसकेको बताउनुभयो । उहाँले बाँकेमा यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपिएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?