काठमाडौं । नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का नदी आसपासका बस्ती डुबानमा परेका छन् । नदीमा बढेको पानी बस्तीमा पसेपछि स्थानीयवासीको जनजीवन प्रभावित भएको छ ।
गैँडाकोट नगरपालिका–२ स्थित बोटेटोल तथा कावासोतीको अमलटारी क्षेत्रसमेत डुबानमा परेका छन् । नदीको पानी बस्तीमा पस्न थालेपछि स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक अनिल पण्डितले बोटेटोल डुबानमा परेपछि त्यहाँ रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।
नारायणीमा निरन्तर बढिरहेको जलसतहसँगै नदी किनारका बस्तीमा जोखिम बढेको छ । डुबान प्रभावित क्षेत्रमा सुरक्षा निकायले निगरानी बढाउनुका साथै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?