काठमाडौं । शनिबार साँझ आएको हावाहुरी र वर्षाले दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह नजिकै सडकमा ठूलो रुख ढलेपछि घोराही–रोल्पा शहीद मार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
रुख सडकको बीचमै ढलेपछि सडकमा सवारीसाधनको आवागमन ठप्प भएको हो । अचानक आएको हावाहुरीसँगै रुख ढलेपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
बाह्रकुने दह क्षेत्र प्राकृतिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । सोही क्षेत्र हुँदै घोराही र रोल्पाबीच आवतजावत हुने भएकाले सडक अवरुद्ध हुँदा यात्रामा थप कठिनाइ उत्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?