काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा शनिबार रातिदेखि हिमपात भएपछि आसपासका बस्ती तथा डाँडाकाँडा सेताम्मे बनेका छन् । हिमपातसँगै चिसो बढेपछि स्थानीय जनजीवन प्रभावित भएको छ ।
रातिदेखि निरन्तर परेको हिमपातपछि यहाँका घर, बाटोघाटो, डाँडाकाँडा र आसपासका क्षेत्र सेताम्मे देखिएका छन् । हिमपातसँगै तापक्रम घटेपछि स्थानीयवासीको दैनिक गतिविधिमा समेत असर परेको छ ।
उपल्लो मुस्ताङको हिमाली भूगोलमा हिमपात नियमित प्राकृतिक घटना भएपनि यसपटकको हिमपातले लोमान्थाङको जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । हिमपातपछि क्षेत्रको प्राकृतिक शौन्दर्य थप मनमोहक बनेको छ भने चिसोले स्थानीयलाई सताउन थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?