जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्य तीव्र बनाउन नेपालको जोड
काठमाडौं । नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्ने बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्दै विकासशील मुलुकबीच सहकार्य र स्रोत परिचालनलाई गति दिनुपर्नेमा जोड दिएको छ ।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई)’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूले भोगिरहेका वित्तीय अभाव, द्वन्द्व, जलवायु आपत्काल र बढ्दो ऋणको दबाबबीच विकासका प्रतिबद्धतालाई व्यवहारिक परिणाममा बदल्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले पछिल्लो पाँच वर्षमा जिडिआई विकासशील विश्वका लागि साझेदारी, स्रोत परिचालन, ज्ञान आदानप्रदान र व्यवहारिक सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा विस्तार भएको उल्लेख गर्नुभयो । गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, विकास वित्त, हरित विकास, औद्योगिकीकरण र डिजिटल अर्थतन्त्रमा जिडिआईले दिएको प्राथमिकताले ‘ग्लोबल साउथ’ का साझा विकास प्राथमिकतालाई सम्बोधन गर्न सक्ने उहाँको भनाइ थियो ।
नेपाल जिडिआईको ‘ग्रुप अफ फ्रेन्ड्स’ मा सहभागी भइसकेको उल्लेख गर्दै मन्त्री खनालले व्यवहारिक सहकार्य र दक्षिण–दक्षिण साझेदारीमा जिडिआईले दिएको जोडलाई नेपालले महत्व दिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?