बागमतीमा बढ्यो पानीको सतह, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौं । अविरल वर्षासँगै बागमती नदीमा पानीको सतह बढेको छ । शुक्रबार काठमाडौंको शंखमुल क्षेत्रमा बागमतीको बहाव बढेसँगै नदी किनार आसपासको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
लगातारको वर्षाले नदीको पानी उर्लिन थालेपछि प्रहरीले नदी आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो । प्रहरीले माइकिङ गर्दै नदी किनारमा अनावश्यक रूपमा नजान र सम्भावित जोखिमबाट जोगिन स्थानीयलाई अनुरोध गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?