चन्द्रागिरिको नागढुंगा यूवा क्लवले पुर्यायो राहत, वितरणको जिम्मा सम्बन्धित वडा अध्यक्षलाई

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ नागढुंगा यूवा क्लवले संकलन गरेको राहत सामग्री नुवाकोट, पिपलटारका वडा नं. ३ र ५ का वडा अध्यक्षलाई हस्तान्तरण गरिएको छ ।
गत १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट, पिपलटारका पीडितलाई राहत सामग्री प्रदान गरेको हो । राहत सामग्री नुवाकोट, पिपलटारको होल्डिङ सेन्टरमा राखिएका प्रभावित व्यक्तिहरूलाई जुस, चिप्स, बिस्कुट तथा चाउचाउलगायतका खाद्य सामग्री सम्बन्धित वडा अध्यक्षलाई क्लवका अध्यक्ष समीर सिग्देलले जिम्मा लगाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?