बाढीपीडितका लागि चन्द्रागिरि हिल्सको ५२ लाख ५१ हजार रुपैयाँ सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनःस्थापनाका लागि चन्द्रागिरि हिल्स लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । यसको साथै हिल्सले कम्पनीमा कार्यरत कर्मचारीहरुको एक दिन बराबरको तलब २ लाख ५१ हजार ८८ रुपैयाँ ६२ पैसा गरि कुल ५२ लाख ५१ हजार ८८ रुपैयाँ ६२ पैसा भोटेकोशी बाढी प्रभावितहरुको उद्धार तथा राहतका लागि उपलब्ध गराउने प्रतिबद्धता गरेको छ ।
चन्द्रागिरि हिल्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । कम्पनीले विपद्का कारण प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र पुनःस्थापनाका लागि सहयोग गर्ने जनाएको छ ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत, उद्धार, उपचार, बेपत्ता व्यक्तिको खोजी तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग जुटाइरहेको छ ।
बाढीपीडितका लागि निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट समेत ठूलो मात्रामा आर्थिक सहयोग घोषणा भइरहेको छ । चन्द्रागिरि हिल्सले विपद्को समयमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न लागेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?