बाढीपीडितका लागि चन्द्रागिरिको नागढुंगामा राहत सामग्री संकलन
काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि चन्द्रागिरि नगरपालिका वडा नं. २ मा रहेको नागढुंगा युवा क्लब र सामाजिक अभियन्ताहरुद्वारा राहत संकलन गरेको छ ।
नागढुंगा युवा क्लबका अध्यक्ष समिर सिग्देलको संयोजन र स्थानीय युवाहरूको सक्रियतामा नागढुंगा र बाणभञ्ज्याङमा राहत सामग्री संकलन गरिएको हो ।
क्लबका सदस्या तथा अभियान्ताहरुले घरघर तथा विभिन्न स्थानबाट खाद्यान्न, लत्ताकपडा लगायतका आवश्यक सामग्री संकलन गरेका हुन् ।
संकलित राहत सामग्री नेपाली सेनामार्फत प्रभावित क्षेत्रमा पठाइने अध्यक्ष सिग्देलले जानकारी दिएका छन् । अध्यक्ष सिग्देलले विपद्को समयमा मानवीय सहयोग आवश्यक रहेकाले अभियानमा सक्रिय रूपमा सहभागी हुन आव्हान समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?