चलिचित्र गौंथलीले मनायो प्रदर्शनको ५१औं दिन, २५ करोड ८० लाख कलेक्सन
काठमाडौं । चलचित्र ‘गौंथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने सिनेमामा दर्ता भएको ‘गौँथली’ले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१औँ दिन माउन सफल भएको हो ।
‘गौँथली’ हाल ४३ हलमा प्रदर्शनरत छ । चलचित्रले “हालसम्म २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ कलेक्सन गरेको छ ।” अधिकांश सिनेमालाई एक हप्ता पनि हलमा टिक्न कठिन भइरहेको समयमा यो चलचित्र भने नेपाली सिनेमा उद्योगकै दोस्रो धेरै कमाउने चलचित्र बन्दै ५१औँ दिनसम्म पुगेको हो ।
‘पूर्ण बहादुरको सारङ्गी’पछि यो सिनेमा नेपाली सिनेमा उद्योगमा सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनिसकेको छ । निर्देशक कपिल रिजालले टिमको मेहेनत र दर्शकको मायाले ५१ दिन मनाउन सफल भएको प्रतिक्रिया दिएका छन् । उनले दर्शकलाई धन्याद दिँदै आभार समेत प्रकट गरेका छन् ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?