विपदको समयमा चन्द्रागिरिको ब्राइट फ्युचर मा.वि.को साथ, प्रधानमन्त्री राहत कोषमा ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग
काठमाडौं । विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि चन्द्रागिरिस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
प्याब्सन काठमाडौं वेलफेयर फन्डमार्फत उक्त रकम कोषमा जम्मा गरिएको विद्यालयका अध्यक्ष मोहन कार्कीले जानकारी दिनुभएको छ । अध्यक्ष कार्कीले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको दायित्व भएको समेत बताउनु भयो । उहाँले विपद्का कारण प्रभावित नागरिकको पीडामा मल्हम लगाउने उद्देश्यले विद्यालयले सहयोग गरेको पनि बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक दयाराम थापाले विभिन्न व्यक्ति तथा संस्थाबाट प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा भइरहेका बेला ब्राइट फ्युचर माध्यमिक विद्यालयले पनि ५ लाखभन्दा बढी रकम योगदान गर्दै प्रभावितमा सहयाता पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानाध्यापक थापाले सामाजिक उत्तरदायित्वको भावनाअनुुसार विद्यालयले राहत कोषमा सहयोग गरेको पनि उल्लेख गर्नुभयो ।
विद्यालयको यो सहयोगले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न शैक्षिक संस्थाको भूमिका पनि महत्वपूर्ण हुने सन्देश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?