काठमाडौं । नेपाली साहित्य क्षेत्रमा लामो समयदेखि सक्रिय कवि मौन आवाजले नयाँ कृति ल्याउने भएका छन् ।
कवि मौन आवजले आफ्नो दोस्रो कृति ‘बेनाम नदी बग्ने निर्जन जंगल’ सार्वजनिक गर्न लागेका हुन् । चन्द्रागिरि साहित्य समाजको प्रकाशनमा रहेको कृति असोज १८ गते सार्वजनिक हुने भएको हो ।
मौन आवाजको ‘बेनाम नदी बग्ने निर्जन जंगल’मा समकालीन जीवन, समाज, अनुभूति र मानवीय संवेदनाका विविध पक्ष कवितामार्फत प्रस्तुत गरिएको छ । उनको यसअघि ‘यो शताब्दीमा म पनि छु’ कविता संग्रह २०७१ सालमा प्रकाशित भएको थियो । । कविता लेखनमा आफ्नै शैली र पहिचान बनाएका चन्द्रागिरि–४ निवासी कवि मौन आवाजले लामो साहित्यिक यात्रापछि आफ्ना नयाँ सिर्जनाहरू ल्याउन लागेका हुन् । उनको यो कृतिले चन्द्रागिरिबाट सिर्जनशील साहित्यिक गतिविधिलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कवि मौन आवाजको साहित्यिक यात्रासँग जोडिएको नयाँ कृतिको विमोचन कार्यक्रम असोज १८ गते थानकोटस्थित मोडर्न पार्टी भेन्यु हुने बताइएको छ ।
सोही दिन कवि, साहित्यकार तथा संस्कृतिअध्येता भीमनारायण श्रेष्ठको नयाँ कृति ‘नेवाः लोकसंस्कृति’ पनि विमोचन हुने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?