प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा साढे १५ अर्ब मौज्दात, एक अर्ब निकासा
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात रहेको छ ।
कोषमा जम्मा भएको रकममध्ये नौ वटा वाणिज्य बैंकका खातामा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात रहेको छ । त्यस्तै, दुईवटा वाणिज्य बैंकका खातामा २५ करोड चार लाख ७१ हजार पाँच सय ४६ अमेरिकी डलर मौज्दात रहेको छ ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि एक अर्ब रुपैयाँ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको बताइएको छ ।
भोटेकोशीमा आएको बाढीले रसुवालगायतका क्षेत्रमा ठुलो क्षति पु¥याएपछि सरकारले राहत, उद्धार तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आह्वान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?