काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि चन्द्रागिरिको हाइभिजन कोलोनी समाजले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग रकम समाजका अध्यक्ष तारा बहादुर केसीले कोषमा हस्तान्तरण गर्नुभएको हो । यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा थप सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष केसीले बताउनुभयो ।
अध्यक्ष केसीले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने पनि बताउनु भएको छ ।
समाजले सम्पूर्ण नागरिकलाई प्रभावित समुदायको राहत तथा पुनस्र्थापनामा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?